कथाकार अशोक रोकाको’ छोडी जाने माया,सम्झिरहने मन’ बाग्राकोटमा लोकार्पित

00-IMG-20221129-WA0088

बाग्राकोट: कथाको खेतबारीमा अनमोल अक्षरहरू उमार्दै कथा साहित्यलाई धनिधान्य तुल्याउने कथाशिल्पी अशोक रोकाको तेस्रो कथाकृतिको लोकार्पण बाग्राकोटस्थित हाइवे रेस्टुरेन्टमा डुवर्स नेपाली साहित्य विकास समितिको आयोजनामा सम्पन्न भयो। समितिका अध्यक्ष कृष्ण श्रेष्ठको अध्यक्षता अनि सिक्किमका सिद्धहस्त कथाकार थीरूप्रसाद नेपालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा शब्द समय, सालबारीका मूलस्तम्भ ज्ञानेन्द्र खतिवडा, भविलाल लामिछाने, कालेबुङबाट कवियत्री वसन्ती शर्मा,साहित्यकार चुडामणि दाहाल, डुवर्सका कवि तथा अनुसन्धानकर्ता गोपालसिंह विश्व, साहित्यिक जीवन राणा, समालोचक मननारायण प्रधानको विशेष उपस्थिति रहेको थियो।

कथाकृति लोकार्पणसँगै कार्यक्रममा सम्बर्द्धना र कवि गोष्ठी पनि सामेल रहेको थियो। विशेषगरी गत महिना पूर्व डुवर्सको हेमिल्टनगन्जमा आयोजित प्रसिद्ध मेलामा पुस्तक पसल राखेर नेपाली साहित्यको प्रचारप्रसार, पठन संस्कृतिलाई बढावा दिन अतुलनीय योगदान पुर्‍याउने कवि ज्ञानलाल दर्नाललाई अभिनन्दन जनाइयो। उक्त अवसरमा भविलाल लामिछाने, खड़गराज गिरी, देविका मंग्राती राई, कालुसिंह रनपहेंली, गोपालसिंह विश्व, वसन्ती शर्मा,अशोक विश्व, अबीर खालिङ, मुकेश उपमा -ले सुन्दर र स्तरीय कवितावाचन गरी साहित्यानुरागीहरूलाई वशीभूत तुल्याए। कार्यक्रममाझ डुवर्स नेपाली साहित्य विकास समितिका नयाँ आजीवन सदस्यहरू-बाग्राकोट उमावि प्रधानाध्यापक सागर शर्मा, चेङमारी उमावि प्रधानाध्यापक कुमार छेत्री, शिक्षकहरु रतन मगर, बुद्धिमान तामाङ, नामग्याल लामा, प्रदीप लामा, शनि तामाङ र विनोद मोक्तान आदिलाई स्मृतिचिनो प्रदान गर्दै समितिका पदाधिकारीवर्गले सम्मान जनाए। लोकार्पित कथाकृतिबारे विस्तारित समीक्षात्मक वक्तव्य ज्ञानेन्द्र खतिवडा र थीरुप्रसाद नेपालले पेश गर्दै अब्बल कोटिको ग्रन्थ ठहर गरे। यस कार्यक्रममा राजेन शिवाकोटी (महासचिव अन्तर्राष्ट्रिय नेपाली संस्कृति परिषद्), शर्मिला गुरुङ (अध्यक्ष- बालकृष्ण संघ, सिलगढी), प्रयास योञ्जन सचिव,  नरेन्द्र घिमिरे, जानुका घिमिरे, अञ्जुश्री रोका (सर्वकल्याण समिति, सिलगढी), हीरा छेत्री( चरित्र प्रकाशन अनि हाम्रो छाहारीका धरोहर) को उल्लेखनीय सहभागिता थियो भने  संस्थागतरूपले शब्द समय, सिलगड़ी,दक्षिण सिक्किम साहित्य प्रकाशन, नाम्ची, कला साहित्य संस्थान विकमत, नाम्ची, डुवर्स नेपाली साहित्य सभा, सृजनशील समूह, कालचिनी, बाग्राकोट नेपाली उच्चत्तर माध्यमिक विद्यालय, साहित्य परिक्रमा परिवार बाग्राकोट, लाली गुराँस समूह आदिको विशेष सहभागी थियो। अवगत गराइन्छ, कथा-सृजन यात्रामा अटुट र उल्लेखनीय योगदान र सहयोगिता दिएबापत श्रीमती अन्जुश्री रोकालाई सम्मान जनाइएको थियो भने समारोहमा स्वागत वक्तव्य समीक्षक रुपेश शर्माले अनि परिचालन अजय खड्का र रविन खवासले गरेका थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *