२९ नोभेम्बरः लोधोमा खेलकुद संघको तत्त्वावधानमा आयोजित दोस्रो विण्टर कप ओपन फूटबल टुर्नामेण्टमा दोस्रो राउण्ड (क्वार्टर फाइनलदेखि फाइनलसम्म)-को क्रीड़ासूची जारी गरियो। लोधोमा (दार्जीलिङ) खेल मैदानमा मंगलवार खेलिने पहिलो क्वार्टर फाइनलमा कञ्चनजंघा फूटबल क्लब (केएफसी) र युनाइटेड खरसाङ फूटबल क्लब (यूकेएफसी)-बीच भिड़न्त हुनेछ। दुईवटा सेमिफाइनल म्याच ३ र ४ दिसम्बरमा हुनेछ। फाइनल ७ दिसम्बरमा खेलिनेछ। यस नाइन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ३ लाख ३१ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनर अप् हुने टीमलाई २ लाख २१ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसबाहेक हरेक म्याचको सर्वश्रेष्ठ खेलाड़ीलाई ट्रफीको साथमा नगद पुरस्कार प्रदान गरिनेछ। फाइनलसम्म प्रदान गरिने प्लेयर अव् द म्याचको ट्रफीको साथमा च्याम्पियन र रनर अप् टीमलाई प्रदान गरिने ट्रफीहरू कैलाश निरौलाले आफ्नी माता नरमाया निरौलाकी नाममा डोनेट गरेका छन्। यसरी नै प्लेयर अव् द टुर्नामेण्ट हुने खेलाड़ीलाई आधा तोला सुन प्रदान गरिनेछ।









