कालचिनी – जयगाउँ थाना अधीनस्थ हाँसीमारा आउटपोस्ट अन्तर्गत पर्ने एसियन हाईवे ४८ स्थित डुवर्स ढाबा नजीक क्षेत्रबाट एकजना युवकलाई अवैद्य लागु पदार्थ सहित पक्राउ गरेको घटना प्रकासमा आएको छ।
जयगाउँ थाना सुत्रले जनाएअनुसार पक्रा पर्ने युवक मदारीहाट सुभाषनगर निवासी श्यामल राउथ ३८ लाई ५६१६ वटा स्पाज्मो प्रोक्सिबियन क्याप्सुल र १२० बोतल विनसिरेक्स सीरप सहित पक्राउ गरिएको र पुलिस रिमान्डमा अघिल्लो जाँच चलिरहेको छ।










