एसडीएफद्वारा सिक्किम बचाउ अभियान शुरू

3e4bed4d-7307-4be5-8c9c-e54ab7cac42e

गान्तोक: सिक्किम बचाउ अभियान सिक्किम डेमोक्रेटिक फ्रण्ड (एसडीएफ) ले शुरू गरेको छ। आज यस अभियानको शुरूवात पूर्व सिक्किमको रंगेलीबाट पूर्व मुख्यमन्त्री तथा एसडीएफ अध्यक्ष पवन चामलिङको उपस्थितिमा गरियो।

यस अभियान विषय बोल्दै एसडीएफ अध्यक्ष चामलिङले उनी आजदेखि माटो बचाउ सिक्किम बचाउ अभियानमा निक्लिएको बताए। यस अभियानको शुरूवात आज रंगेलीबाट गरिएको र अब आगामी पचास दिनसम्म उनी निरन्तर यस अभियानमा लागिपर्ने बताए। उनले सिक्किमे जनताकै आग्रहमा यो अभियान शुरू गरिएको बताउॅंदै यस अभियान अवधि सिक्किमे जनतासॅंग भेटघाट गर्ने बताए।

पत्रकारहरूले सोधेका प्रश्नहरूको जवाफ दिॅंदै चामलिङले वर्तमान एसकेएम सरकारमाथि धारा ३७१ एफले सुरक्षा गरेका विशेष अधिकारहरू एक-एक गर्दै उडाएको आरोप लगाए। उनले सरकारमाथि संविधानलाई उल्लंघन गरेर काम गरिरहेको पनि आरोप लगाए। वर्तमान सरकारले सिक्किमको सुरक्षा गर्न नसक्ने थाहा पाएपछि सिक्किमको मानिसहरू एकजुट बनेर सिक्किमेहरूको हक-अधिकारको सुरक्षाको निम्ति यो अभियान शुरूवात गरेको उनले दाबी गरे।

उनले आफ्नो २५ वर्षको कार्यकालमा धारा ३७१ एफ को पूर्ण रूपमा सुरक्षा गरेको पनि दाबी गरे। उनले एसकेएम सरकार पूर्ण रूपमा विफल बनेको र जनतालाई दिएका आफ्ना वचनहरू पूरा गर्न नसकेको बताए। एक अन्य प्रश्नको जवाफमा चामलिङले यसलाई चुनावी अभियानकै रूपमा पनि लिन सकिने बताए। उनले अब केही महिनापछि चुनाउ प्रस्तावित रहेको बताए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *