गान्तोक: सिक्किम विधानसभाका अध्यक्ष अरूण उप्रेतीले आज नयाँ दिल्लीमा लोकसभा अध्यक्ष ओम बिरलासँग भेट गरे। सिक्किम विधानसभाको अध्यत्क्षको पदभार सम्हालेपछि पहिलोपल्ट उनले लोकसभा अध्यक्ष बिरलासँग भेट गरेका हुन्। भेटको क्रममा अध्यक्ष उप्रेतीले आगामी १०-१२ जनवरीसम्म गान्तोकमा आयोजना हुने कमनवेल्थ संसदीय संघको वार्षिक सभाको उदघाटन गर्नको निम्ति अध्यक्ष बिरलालाई आग्रह गरेका छन्।

गत १२ मईको दिन इटानगर र ७ नोभेम्बरको दिन कोहिमामा सम्पन्न भएको कमनवेल्थ पार्लिमेन्ट्री कार्यकारीको सभामा लिएको निर्णय अनुसार सिक्किममा आगामी १०-१२ जनवरीमा सम्पन्न हुने उक्त कार्यक्रमको उदघाटन समाहोरमा अध्यक्ष बिरलालाई मुख्य अतिथिकोरूपमा उपस्थित हुनको निम्ति आमन्त्रित गरेका छन्। अध्यक्ष बिरलाले निम्तोलाई स्वीकार गर्दै सो कार्यक्रममा उपस्थिति जनाउने आश्वासन दिएकाछन्।










