भागोप्रमोद्वारा बिक्रम आदि राईको खरसाङमा पुत्ला दहनको पार्टी अध्यक्ष अनित थापाद्वारा विरोध

photocollage_20221128222229263.jpg

भने: म पुत्ला जलाएर विरोध जताउने संस्कारको समर्थनमा छुईन

खरसाङ: खरसाङमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको कार्यकर्ताहरूले हाम्रो पार्टीको प्रवक्ता बिक्रम आदि राईको पुत्ला दहन गरेको घटनालाई पार्टीकै अध्यक्ष अनित थापाले विरोध जनाएका छन्। अनित थापाले आज साँझ एउटा प्रेस विज्ञप्ति जारी गर्दै भने- ‘म पुत्ला जलाएर विरोध जताउने संस्कारको समर्थनमा छुईन। बीजीपीएम पार्टीको अध्यक्ष भएको नाताले म माफी माग्छु।”
अनित थापाले विज्ञाप्तिमा भनेका छन् -‘आज मैले सोसियल मीडियामार्फत बीजीपीएमका कार्यकर्ताहरुले हाम्रो पार्टीका प्रवक्ता विक्रमादी राईको पुत्ला जलाएको घटना थाहा पाए। यस्तो काम मेरो सोंचदेखि बाहिरको हो। राजनीतिमा भनाभन चल्छ। कसैले बेसी भन्छ त कसैले कम्ती। गाली गर्ने राजनीतिको एउटा अंश हो। हामी नयाँ सोच र नयाँ विचार लिएर निस्केको। खरसाङको स्टेशनमा बीजीपीएमका कार्यकर्ताले जुन पुत्ला जलाउने काम गर्यो, त्यसको समर्थनमा म छुईन। यो हाम्रो राजनैतिक सोचदेखि बाहिरको हो। म पार्टीका कार्यकर्ताहरुलाई आह्वान् गर्छु कि यस्तो किसिमको राजनैतिक कार्यक्रम गर्दा पार्टीको शीर्ष नेतृत्वहरुको सल्लाह लिएर मात्र गर्नु।’
हिज दार्जिलिङमा सम्पन्न हाम्रो पार्टीको स्थापना दिवस कार्यक्रममा प्रवक्ता बिक्रम आदि राईले अनित थापालाई विदेशी पनि आरोप लगाएको कारण आज भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको कार्यकर्ताहरूले खरसाङमा बिक्रम आदि राईको पुत्ला दहन गरेका थिए। तर आफ्नै पार्टी कार्यकर्ताहरूका यस्तो कार्यलाई पार्टी अध्यक्ष अनित थापाले विरोध जनाउँदै प्रेस विज्ञप्ति जारी गरी भने, -‘राजनीतिमा प्रतिद्वन्दी हुन्छन् तर जात त हाम्रो गोर्खा नै हो। म पुत्ला जलाएर विरोध जताउने संस्कारको समर्थनमा छुईन। बीजीपीएम पार्टीको अध्यक्ष भएको नाताले विक्रम भाइप्रति म क्षमाप्रार्थी छु। उनीहरू मेरो राजनैतिक प्रतिद्वन्दी हुन् तर यति गिरेर राजनीति गर्नु सक्दिन। कार्यकर्ता अनि पार्टीको तर्फबाट माफी चाहन्छु। आज घटेको घटना, नघटनु पर्ने घटना थियो। हाम्रो पार्टीको प्रवक्ता विक्रम भाइलाई बीजीपीएम पार्टीको तर्फबाट म क्षमा माग्छु।’

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *