सुम्बुक खण्ड प्रशासन केन्द्रको प्राङ्गनमा धन्यवाद-स्वागत कार्यक्रम सम्पन्न

IMG_20221128_221742.jpg

नाम्ची: आज सुम्बुक खण्डमा पर्ने पूर्व जिल्ला पञ्चायत र ग्राम पञ्चायत सदस्यहरू तथा नवनिर्वाचित पञ्चायतगणलाई लिएर नाम्ची जिल्लाअन्तर्गत सुम्बुक खण्ड प्रशासन केन्द्रको प्राङ्गनमा धन्यवाद-स्वागत कार्यक्रम सम्पन्न भयो। कार्यक्रमको आयोजना सुम्बुक खण्ड प्रशासन केन्द्र र यस खण्ड अन्तर्गत पर्ने ग्राम प्रशासन केन्द्रले संयुक्त रूपमा गरेको थियो। कार्यक्रममा मल्ली समष्टिका विधायक फर्वन्ती तामाङ मुख्य अतिथि रहेकी थिइन् भने विशिष्ट अतिथिको रूपमा जोरथाङ-नयाँ बजार नगर पञ्चायतका अध्यक्ष पवित्र मानव र एसकेएम सीएलसी अध्यक्ष दिलकुमारी छेत्रीको उपस्थिति थियो।
कार्यक्रममा सम्बोधन गर्दै विधायक फर्वन्ती तामाङले नवनिर्वाचित पञ्चायतहरू कसैलाई नछुट्टाई सबैलाई समेटेर गाउँ विकासको कार्यलाई अघि बढाउन अनुरोध गरिन्। परेको बेलामा साथ दिने वचन दिँदै उनले पञ्चायतगणलाई आफ्नो जिम्मावरीबाट नहट्न आह्वान गरिन्।
यसै गरी, जोरथाङ-नयाँ बजार नगर पञ्चायतका अध्यक्ष पवित्र मानवले आफ्नो अनुभवहरू साँझा गर्दै पञ्चायतगणको जिम्मावरी जन सेवा रहेको बताए। यसका लागि त्याग अनिवार्य रहेको उल्लेख गर्दै पूरानो पञ्चायतगणसँग अनुभव हुँने हुँदा नयाँ पञ्चायतगणले पुरानाहरूको सर-सल्लहामा काम गरे, उचित हुने अवगत गराए। राजनीतिको कारण तल्लो र माथिलो घरमा मतभेद हुन नदिन पञ्चायतगणले काम गर्नुपर्ने उनले बताए।कार्यक्रममा पञ्चायति राजका सहायक निर्देशक गंगाप्रसाद दहाल, ग्राम विकास अधिकारी निलकण्ठ भण्डारी, सहायक निर्देशक (शिक्षा) टीबी राई, सीएलसी अध्यक्ष दिलकुमारी छेत्री, विभिन्न जीपीयूका पूर्व पञ्चायत सभापतिगण आदिले पनि सम्बोधन गरेका थिए।कार्यक्रममा सुम्बुक खण्ड प्रशासन केन्द्रबाट स्थानान्तरण भएका पाँचजना कर्मचारीलाई सम्मान जनाएर विदा गरियो। कार्यक्रममा साँस्कृतिक गीत-नृत्य पनि प्रस्तुत गरिएको थियो। यस अवसरमा जिल्ला पञ्चायत अध्यक्ष अञ्जिता राजालिमको पनि उपस्थिति रहेको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *