घाटीमा त्रिशुल गाडिएको युवकलाई चिकित्सकहरुले बचाए

IMG_20221128_221210.jpg

कोलकाता: एकपल्ट फेरि चिकित्सकहरूले जटिल अपरेशन गरेर कोलकाताको राजकीय एनआरएस अस्पतालमा युवकको ज्यान बचाएका छन्। नदिया जिल्लाको कल्याणी निवासी एक युवकको घॉंटीमा त्रिशूल पसेर आर-पार भएको थियो, जसकारण उनी जीवन-मरणको संघारमा थिए।
सोमवार बिहान गम्भीर स्थितिमा उसलाई अस्पताल ल्याइयो, जहॉं चिकित्सकहरूले लगभग एक घण्टा अपरेशन गरेर युवकको ज्यान बचाए।
एनआरएस अस्पताल सूत्रहरू अनुसार, युवक अहिले खतरादेखि बाहिर छन्। अपरेशन सफल रह्यो। ३३ वर्षिय युवकको घॉंटीमा त्रिशूल कसरी पसेको थियो, यो अहिले स्पष्ट हुन सकेको छैन। अस्पतालका चिकित्सकहरूले भने, ‘सबैभन्दा पहिला युवकको इमरजेन्सी वार्डमा उपचार शुरू गरियो, जसपछि तत्काल ईएनटी विभागमा भर्ती गरेर अविलम्ब चिकित्सकहरूको टीमले अपरेशन शुरू गरे। अपरेशन सफल रह्यो। कुनै मेडिकल उपकरणको सपोर्ट बिनै उसको स्थिति स्थिर बनेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *