खोरीबारीको बातासीमा भाजपा युवा मोर्चाद्वारा पथसभा तथा हस्ताक्षर अभियान

IMG_20221128_220749.png

खोरीबारी: खोरीबारीको बातासीमा सिलगढी सांगाठानिक जिल्ला भाजपा युवा मोर्चाको पहलमा आज पथसभाको आयोजना गरियो राज्यमा बेरोजगारी, शिक्षामा भ्रष्टाचार लगायत राज्यभरिमै सुशासन फर्काइ ल्याउने उद्देश्य लिएर भाजपा युवा मोर्चाको तर्फबाट प्रतिवाद सभा तथा हस्ताक्षर सङ्कलन कार्यक्रमको आयोजना गरियो। उक्त पथसभामा युवा मोर्चाका सदस्यहरूले शिक्षा क्षेत्रमा भएको भ्रष्टाचार लगायत चिकित्सामा लापर्वाही आदि विषयमा आवाज उठाए। युवा सभापति अरिजीत दासले भने, टेट परीक्षादेखि लिएर अन्य नोकरीको परीक्षामा भ्रष्टाचार, चिकित्सा प्रणाली लथालिङ रहेको छ। उत्तर बंगाल विश्वविद्यालयको जमिन हस्तान्तरण गरिरहेको छ। राज्यमा सुशासन फर्काइ ल्याउन भाजपा ले काम गरिरहेको छ। यसैले गर्दा जिल्लाभरिमै हस्ताक्षर अभियान चलाइरहेको तिनले बताए।

About Author

Advertisement