दोस्रो विण्टर कपः रोमाञ्चक जीतको साथ थर्ड जीआर क्वार्टर फाइनलमा

IMG_20221128_220232.jpg

२८ नोभेम्बरः लोधोमा खेलकुद संघको तत्त्वावधानमा आयोजित दोस्रो विण्टर कप ओपन फूटबल टुर्नामेण्टमा थर्ड जीआर (दार्जीलिङ)-ले रोमाञ्चक जीतको साथ क्वार्टर फाइनलमा स्थान बनायो। लोधोमा (दार्जीलिङ) खेल मैदानमा सोमवार खेलिएको म्याचमा थर्ड जीआर-ले पाण्डाम एफसी (ईष्ट सिक्किम)-लाई टाईब्रेकरमा ६-५-ले पराजित गऱ्यो। नियमित समयको खेलमा स्कोर ४-४-को बराबरीमा रहेको थियो। नियमित समयमा थर्ड जीआर-बाट पाकमान राईले ३२औं र ५२औं मिनटमा २ गोल गरे। यसबाहेक विक्रम जोशीले ५६औं र सोनम लेप्चाले ७०औं मिनटमा गोल गरे। यसरी नै पाण्डाम एफसी-बाट जन लेप्चाले २१औं र ३८औं मिनटमा २ गोल गरे। यसबाहेक पदम सिंहले ५६औं र नारायण गुरुङले ६६औं मिनटमा गोल गरे।

विजेता टीमका गोलकीपर सोम छिरिंग लेप्चालाई प्लेयर अव् द म्याच चयन गरियो। यस नाइन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ३ लाख ३१ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनर अप् हुने टीमलाई २ लाख २१ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसबाहेक हरेक म्याचको सर्वश्रेष्ठ खेलाड़ीलाई ट्रफीको साथमा नगद पुरस्कार प्रदान गरिनेछ। फाइनलसम्म प्रदान गरिने प्लेयर अव् द म्याचको ट्रफीको साथमा च्याम्पियन र रनर अप् टीमलाई प्रदान गरिने ट्रफीहरू कैलाश निरौलाले आफ्नी माता नरमाया निरौलाकी नाममा डोनेट गरेका छन्। यसरी नै प्लेयर अव् द टुर्नामेण्ट हुने खेलाड़ीलाई आधा तोला सुन प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement