खरसाङको सिपाहीधुरादेखि फाजीसम्म पुग्ने रोड निर्माणको लागि शिलान्यास

IMG_20221128_204801.jpg

खरसाङ: खरसाङ महकुमा अन्तर्गत टुंग सन्त मेरिज समष्टिको सिपाहीधुरादेखि फाजीसम्म पुग्ने सड़क निर्माणको लागि शिलान्यास गरिएको छ। चार किलोमीटरको सड़क निर्माणको लागि भूमि पूजन गरी शिलान्यास गरिएको छ। उक्त रोडको लागत खर्च एक करोड़ दश लाखको रहेको जानकारी प्राप्त भएको छ। पश्चिम बंगाल विद्युत् विभागबाट निर्माण हुन लागेको उक्त रोडको शिलान्यास कार्यमा टुंग सन्त मेरिज समष्टिको सभासद नुरी शेर्पा, युवा शक्तिको समष्टि सभापति उर्गेन घिसिङ, सचिव दिपेस तामाङ, विद्युत् विभागको जेई सुरज सुब्बा र ठेकेदार अशोक अग्रवाल पनि उपस्थित रहेका थिए। रोडको भूमि पूजनपछि पत्रकारहरूसित कुराकानी गर्दै क्षेत्रीय सभासद नुरी शेर्पाले विद्युत् विभागहाट सिपाहीधुरा नजिक डाँड़ा गाउँदेखि फाजीसम्म पुग्ने रोडको निर्माण कार्यके लागि आज भूमि पूजन गरिएको छ र यो रोडले यस क्षेत्रको विभिन्न गाउँहरूलाई सुविधा हुने बताएका छन्। उनले यहाँ पहिले नै रोड भए पनि मरमत्ति नभएर अत्यन्तै जीर्णावस्थामा पुगेको थियो र स्थानीय जनताहरूले रोडको मरमत्तिको मांग गरिरहेका थिए जसको फलस्वरूप आज रोड निर्माणके लागि शिलान्यास गरिएको बताएका छन्। त्यसरी नै विद्युत् विभागको अधिकारीले बताए अनुसार यो रोडको लागत खर्च एक करोड़ दश लाख रहेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *