मूर्ति, ताँबाको जल पात्र, रुद्राक्षसहित विभिन्न प्रकारको माला र अन्य बौद्ध सामग्री जफत

5-small.jpg

मोतिहारी: नेपालको राजधानी काठमाण्डौंबाट बिहारको बोधगया गइरहेको भारत-नेपाल मैत्री बसबाट नेपाल आर्म्ड पुलिस फोर्सले तस्करी गरेर ल्याइएको मूर्ति, ताँबाको जल पात्र, रुद्राक्षसहित विभिन्न प्रकारको माला र अन्य बौद्ध सामग्री जफत गरेको छ।

जफत गरिएका वस्तुहरू वीरगञ्ज कस्टमलाई सुम्पिएको छ। एसपी तेजप्रसाद पोख्रेलले बताए अनुसार, उक्त सामग्रीहरू नेपाल आर्म्ड पुलिस फोर्सले वीरगंज इन्स्पेक्टर रविन्द्र कुमार भट्टको कमाण्डमा रहेको टीमले बर्डर आउट पोस्ट चोकिङ पोइन्ट छेउबाट जफत गरेको हो। सामग्रीहरूको अनुमानित मूल्य १३ लाख ७१ हजार रूपियॉं रहेको छ। बसमा भेटिएको दुईवटा मूर्ति प्रपत्र जॉंचपछि दावेदारलाई फर्काइयो, किनकि उक्त सामग्री नेपाल इमिग्रेशनले फ्लाइटबाट भारत लैजाने अनुमति दिएको थियो। यस कारण खर्च बचाउन बसबाट ल्याइएको थियो। एसपीले यस मामिलामा कसैलाई पक्राउ नगरिएको, तर जफत गरिएको सामग्रीहरू कस्टमलाई सुम्पिएको बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement