दार्जिलिङ: क्रामाकपा अधीनस्थ रहेको विद्यार्थी संगठन गणतान्त्रिक क्रान्तिकारी विद्यार्थी माेर्चाकाे सांगठनिक सभा पार्टी केन्द्रीय कार्यालयमा नवगठित केन्द्रीय समितिका अध्यक्ष कमरेड आर्यन राईकाे अध्यक्षतामा सम्पन्न भयाे।
कमरेड ग्रेस राईले सञ्चालन गरेको यस सभाद्वारा नाै सदस्यीय कार्यकारिणी समिति गठन गरिएको छ। उक्त नयाँ कमिटीमा अध्यक्ष कमरेड आर्यन राई, उपाध्यक्ष कमरेड अनिरूध्द घतानी, महासचिव सचेन थापा, सह सचिव सेवा राई, काेषाध्यक्ष- कमरेड अभय शंकर आदि रहेका छन्। यस नवगठित समितिकाे पुनर्स्थापना कसरी गरियाे जसकाे सम्पूर्ण जानकारी आगामी दिनहरुमा धारालाहिक कार्यक्रममार्फत् सम्पूर्ण विद्यार्थीहरुमाझ प्रसारण गरिने अध्यक्ष कमरेड आर्यन राईले बताएका छन्।

यसको साथै यस नवगठित समितिकाे मुख्य उद्देश्य नै पहाडकाे शिक्षा व्यवस्थामा भ्रष्टाचार र भेदभाव नीति अन्त्य गर्नु रहेकाे छ जसकाे निम्ति लगनशील र ईमानदार विद्यार्थीहरु एकताको सूत्रमा बाँधिनु पर्ने आवश्यकता रहेकाे छ अनि गुणस्तर शिक्षाको गरिमा फर्काएर यसलाई सदैव कायम राख्न र गणतान्त्रिक अधिकार रक्षा गर्न हरेक विद्यार्थीलाई नैतिक संघर्ष गर्न सभाकाे माध्यमद्वारा नै आह्वान पनि गरिएकाे छ। उक्त नवगठित समितिमा विभिन्न क्षेत्रहरूका विद्यार्थीहरुलाई समावेश गरी एक वृहत विद्यार्थी संगठनकाे रुप तयार गरिने प्रस्ताव पनि ग्रहण गरिएको छ। दार्जिलिङ सरकारी कलेजमा विद्यार्थीहरुले झेल्न परिरहेका समस्याहरुलाई केन्द्र गरी राज्य सरकारका शिक्षा मन्त्रीलाई ज्ञापन पत्र प्रेषित गरेकाे जसका प्रतिलिपिहरु यथाशीघ्र सठीक जाँच गरिन हेतु प्रशासनिक रूपमा विभागहरुलाई अगावै पेस गरिसकेको जानकारी अध्यक्षले दिएका छन्। गाेर्खाल्याण्ड प्रशासनिक क्षेत्रकाे शिक्षा विभागबाट शिक्षाप्रति कुनै महत्त्वपूर्ण भूमिका ननिभ्याएकाे गुनासाे सभाले आलाेचना गरे, यसको साथै यस विषयलाई अवगत गराउन हेतु सन्चबीर सुब्बालाई पनि ज्ञापनपत्र बुझाएको जानकारी गराएका छन्। अब उप्रान्त गक्राविमाेेले विध्यार्थीहरुकाे हरेक समस्यालाई केन्द्र गरि धारावाहिकरुपमा गणतान्त्रिक आन्दोलन गरिने चेतावनी यसै सभाबाट दिएका छन्।

उक्त सभाद्वारा नवगठित समितिका सबै सदस्यहरुलाई पार्टी केन्द्रीय महा सचिवले खदार्पण गरि शुभेच्छासहित अभिनन्दन टक्राए।साथै, पार्टी केन्द्रीय समिति प्रवक्ता कम° अरुण धतानी, कम. कैलाश खवास, कम. निरज राई, अधिवक्ता कम. प्रदिपन गांगुली कम. मिलन छेत्री आदिले वर्तमान शिक्षा नीति र विध्यार्थीकाे भूमिका बारे प्रकाश पारे।










