खरसाङमा भागोप्रमोद्वारा हाम्रो पार्टीको बिक्रम आदि राईको पुत्ला दहन

IMG_20221128_190127.jpg

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ टाउन कमिटीको आयोजनामा खरसाङको मोटर स्ट्याण्डमा हाम्रो पार्टीको कार्यकारी सचिव बिक्रम आदि राईको पुत्ला दहन गरिएको छ। हिज दार्जिलिङमा सम्पन्न हाम्रो पार्टीको स्थापना दिवस कार्यक्रममा बिक्रम आदि राईले जीटीए चिफ् एक्जीक्युटिभ अनित थापालाई विदेशी भनेकोमा विरोध जनाउँदै पुत्ला दहन गरिएको छ। खरसाङको मोटर स्ट्याण्डमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको खरसाङ टाउन कमिटीको पदाधिकारीहरू ,नारी शक्ति, युवा शक्तिको पदाधिकारीहरू उपस्थित भएर हाम्रो पार्टीको कार्यकारी सचिव बिक्रम आदि राईको पुत्ला जलाएका छन्। पुत्ला दहन कार्यमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको पदाधिकारीहरूले अनित थापा जिन्दावाद र बिक्रम आदि राई मुर्दावादको नारा पनि लगाएका थिए। बिक्रम आदि राईको पुत्ला दहन कार्यमा खरसाङ देवराली समष्टिको सभासद श्याम शेर्पा, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको खरसाङ टाउन कमिटीको सभापति राजु शर्मा, प्रमुख सल्लाहकार सन्दिप बल, सह सचिव संजय मुखिया सांगठनिक सचिव सुवास लामा, युवा शक्ति महकुमा सभापति पेमेन्द्र गुरूङ, टाउन कमिटी युवा शक्ति सभापति कमलेश राई, सचिव बन्धन लामा, महकुमा समिती सदस्य फिरोज खान लगायत अन्यहरू उपस्थित रहेका थिए। उक्त पुत्ला दहन कार्यपछि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको खरसाङ टाउन कमिटीको सभापति राजु शर्माले पत्रकारहरूसित कुराकानी गर्दै हाम्रो पार्टीको बिक्रम आदि राईले गोर्खाहरूलाई कुकुर भनेको आरोप लगाउँदै राईले अनित थापाको नाम लिएर व्यक्तिगत लाञ्छाना लगाएको र पहाड़मा अशान्ति सिर्जना गर्न खोजेको आरोप लगाएका छन्। उनले कुनै पनि राजनैतिक दलको आफ्नो आफ्नो नीति र सिध्दान्त हुन्छन् र पार्टीगत रूपमा विरोध जनाउन सकिन्छ तर व्यक्तिगत रूपमा आक्षेप लगाउनु राम्रो होइन अनि यसरी व्यक्तिगत रूपमा यसरी लाञ्छाना लगाएर पहाड़ अशान्ति गर्नु राम्रो होइन किनभने हामी अशान्ति होइन तर पहाड़ शान्ता भएको चाहान्छौं। त्यसैले भविष्यमा यस्तो व्यक्तिगत लाञ्छाना नलगाएको राम्रो भनी भनी बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement