भागोप्रमोको पहलमा अतिरिक्त भुक्तान केन्द्र सञ्चालन गरिने
खरसाङ: आज खरसाङमा बिजुली बत्तीको बील बुझाउनेहरूको भीड़ देखिएको छ। आज खरसाङमा बिजुली बत्तीको बील भुक्तान गर्ने मानिसहरूको भीड़ देखिएपछि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले बिजुली बत्तीको बील भुक्तानको लागि अतिरिक्त क्वाउण्टर खोलिदिने अनुरोध गर्दै विद्युत विभागको डीईलाई भेट गरेका छन्। बिजुली बत्तीको बील भुक्तानक लागि खरसाङ बजारको भुक्तान केन्द्रमा मानिसहरूको भीड़लाई मध्य नजर राख्दै भोलिदेखि खरसाङ नगरपालिकाको माथिल्लोपट्टि अर्को भुक्तान केन्द्र शुरु गरिने भएको छ।

यस विषयमा भागोप्रमो खरसाङ महकुमा समितिको सभापति एंव जीटीए जन सम्पर्क अधिकारी सुवास प्रधानले खरसाङ बजारमा बिजुली बत्तीको बील भुक्तानको लागि भीड़लाई मध्य नजर राख्दै नगरपालिकाको माथिल्लोपट्टि अर्को भुक्तान केन्द्र शुरु गरिने साथै आगामी १५ दिसम्बरदेखि समयसीमा बढ़ाउने अनुरोध गरेको र त्यसको पनि सुनवाई भएर समयसीमा बढ़ाइने भएको पनि जानकारी गराएका छन्।










