कोलकाता: विधानसभामा भाजपाले उनीहरुको कुरा सुनेको छैन भन्ने आरोप लगाएको छl छलफलका लागि जुनसुकै प्रस्ताव पठाए पनि अस्वीकृत हुन्छ भन्ने भाजपाको आरोप रहेको छ। संचारमाध्यमको समाचारअनुसार भाजपाका नेता एवं विधानसभामा विपक्षी नेता शुभेन्दु अधिकारीले आउँदो अधिवेशनमा विधानसभाका अध्यक्षविरुद्ध प्रस्ताव ल्याउने विषयमा छलफल भइरहेको बताएका छन्।










