१३६ घरले पाए पर्जापट्टा

IMG_20221128_180204.jpg

“सरकारको एजेन्ट भएर जातिको निम्ति जमीनको कागज पत्र दिलाउनु सक्नु मेरो निम्ति ठूलो उपलब्धि हो” अनित थापा

दार्जीलिङ: गोर्खाल्याण्ड क्षेत्रिय प्रशासनका प्रमुख कार्यपाल अनित थापाको बाहुलिबाट गाडीधुरा अनि मरीनवारीका १३६ परिवारले पर्जा पट्टा वितरण प्राप्त गरे।

अनित थापाले आफ्नो सम्बोधनमा भने, “जमीनको कागजको महत्व कतिको हुँदो रहेछ अहिले बुझ्दैछौं। सरकारको नियम अनुसार पट्टा पाउनु भएको छ जुन काम गार्हो छ। जमीन बेच्ने काम बन्द गर्नुपर्छ।”

अजय एडवर्ड्सको ” अनित थापा सरकारको एजेन्ट हो” भन्ने बयानलाई लिएर उनले भने, ” म सरकार संग मिलेर काम गरेको देखेर मलाई सरकारको एजेण्ट भन्दै थियो हिजो। तर मलाई सरकारको एजेन्ट भएर जातिको निम्ति जमीनको कागज पत्र दिलाउनु सक्नु मेरो निम्ति ठूलो उपलब्धि हो।”

क्षेत्रीय सभासद श्रीमती कल्पना प्रधानले भने, ” हामीले अधिकारीहरू संग घर घर पुगेर सर्भे गरेर सूची तयार गरेका हौं। आज १३६ जनाले पर्जा पट्टा पाउनेछन् भने आगामी दिनमा अन्य ले पनि पाउनेछन्। आज देखि बाटो खुलियो। अब हाम्रो घडेरी पक्का भएर जानेछ।”

कार्यक्रममा खरसाङ महकुमाका एस डी ओ, बी डी ओ , खरसाङ महकुमा क्षेत्रका सभासद्हरु, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका नेतृत्वहरुको उपस्थिति रहेको थियो। कार्यक्रम गाडी धुरा सामूहिक भवनमा आयोजना गरिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement