कूचबिहार: कुचबिहार रास मेला २७ नोभेम्बरको दिन समाप्त भयो। तर भङ्ग मेला पनि धुमधामका साथ चलिरहेको छ। यस पटकको रास मेलामा व्यवसायीले लगभग दुई सय करोडको व्यापार गरेका छन्। मेलामा सुरुदेखि नै मानिसको बाक्लो भीड देखिएको थियो। कोरोनाको अवस्थाका कारण विगत दुई वर्षदेखि मेलाका व्यापारीहरू निराश भएपनि यसपटक व्यापारीहरूको अनुहारमा मुस्कान देखिएको छ। आज बिहानैदेखि भङ्ग मेलामा मानिसको भीड लागेको छ। बिहानैदेखि विभिन्न पसल तथा पसलमा बिक्री भइरहेको छ।










