५० जना सामसिङ कुमाई क्षेत्रका भाजपा- मा सामेल

IMG_20221128_170403.jpg

सामसिङ: सामसिङ कुमाई मण्डल समिति भाजपाको तत्वावधानमा मौरे वनबस्तीस्थित मौरे सार्वजनिक भवनमा पार्टीको साङ्गठनिक सभा सम्पन्न गरिएको थियो। कालेबुङ जिल्लाको २८ नम्बर समष्टि गोरामुमो का पूर्व अध्यक्ष पूरण गुरुङ, गोजमुमो पार्टीका टिकाराम छेत्री, दिपेन्द्र तामाङ, किरण राई, रन्जित तामाङ, साङ्गे शेर्पा, अशोक खवास, कुमार शेर्पा, कुमार चामलिङ, ज्ञानबहादुर खवास, मन बहादुर खवास, सन्तोष राई, सञ्जय राई, छैलाल राई आदिको साथमा अन्य लगभग ५० जनाले भाजपाको झण्डा ग्रहण गर्दै समर्थन जनाएको पार्टी सूत्रले जनाएको छ। श्याम कुमार राईले सञ्चालन गरेको सभामा भाजपा कुमाई सामसिङ मण्डल समिति गठन पनि गरियो।यस समितिमा सभापति फुर्बा शेर्पा, उपसभापति गौतम लामा, डम्बर प्रधान र प्रताप राई, सचिवहरू पदमा तेम्बा शेर्पा, पूरन राई, दिलन भूजेल, बबित भूजेललाई नियुक्त गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement