५ सय ९६ बोतल फेन्सिडिलसहित तस्कर पक्राउ

964e50f4-a18d-4109-becb-5f9cc22a2c57

मालदा – बीएसएफका जवानले ठूलो परिमाणमा फेन्सिडिलसहित एक तस्करलाई पक्राउ गरेका छन् । हिज राति बीएसएफका जवानहरूले   वैष्णवनगर थानाको दौलतपुर क्षेत्रबाट एक फेन्सिडिल व्यवसायीलाई पक्राउ गरेका छन्। तिनीबाट ५ सय ९६ बोतल अवैध फेन्सिडिल उद्धार भएको छ । बीएसएफले प्रारम्भिक सोधपुछपछि तस्करलाई सोमबार बिहान जिल्ला प्रहरी कार्यालयमा बुझाएको छ । प्रहरी स्रोतअनुसार अभियुक्तको नाम सुमित मण्डल रहेको छ । उनी कालियाचक प्रहरी चौकी इलाकाका बासिन्दा हुन् ।

जानकारी अनुसार अपराधीहरूले सोही रात ठूलो परिमाणमा फेन्सिडिल सीमा पार गर्ने योजना बनाएका थिए । तर यसअघि गस्तीमा गएका बीएसएफ जवानले आरोपीलाई रंगेहात समातेका थिए। अभियुक्तबाट बरामद गरिएको ५९६ बोतल फेन्सिडिलको हालको बजार मूल्य लगभग २ लाख २० हजार रहेको प्रहरीले जनाएको छ । यस विषयमा बीएसएफ र सम्बन्धित प्रहरी चौकीले अनुसन्धान थालेको छ ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement