सिलगढी: लागुऔषध र ठूलो परिमाणमा नगदसहित एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेको नाम मिन्टु सरकार हो। उनी नक्सलबारीको दक्षिण कोटिया जोतका बासिन्दा हुन्। सिलगढी डिभिजनको नक्सलबारीस्थित अटल चिया बगान नजिकैको इलाकामा लागुऔषध बेच्ने क्रममा उनलाई प्रहरीले पक्राउ गरेको हो। उनको साथबाट प्रहरीले २० ग्राम ब्राउन सुगर, ३० बोतल कफ सिरप र तीन लाख ८१ हजार १०० रुपैयाँ बरामद गरेको छ। आरोपीलाई सोमबार सिलगढी डिभिजनल अदालतमा पेश गरिएको थियो।










