जलपाइगढी– दिसम्बर १ सम्ममा कलेज प्रशासनले जलपाइगढी पोलिटेक्निक कलेजका विद्यार्थीहरूलाई छात्रावास खाली गर्न निर्देशन दिएको छ। कलेज प्रशासनले अचानक यस्तो निर्देशिका जारी गरेपछि विद्यार्थी आक्रोशित भएका छन् । उल्लेखनीय छ, होस्टेलको समस्या लामो समयदेखि चल्दै आएको छ । पिउने पानीको सुविधा छैन। फोहोर सफाइ हुन सकेको छैन । होस्टेल वरिपरि घाँसको जंगल छ।









