मिरिक थर्बु स्कुलको पाइप ब्याण्डका विद्यार्थीहरूलाई भव्य स्वागत

IMG_20221128_150046.jpg

मिरिक: कलकत्ताको ब्यारेकपुरमा भएको पाइप ब्याण्ड प्रतियोगितामा अंश ग्रहण गरेर थर्बु उच्चतर माध्यमिक विद्यालयको पाइप ब्यान्डका विद्यार्थीहरु फर्की आएका छन्।आज विद्यालयको तर्फबाट तिनीहरूलाई स्वागत जनायो।गत २४ नोभेम्बरको दिन दार्जिलिङ जिल्लाको दुईवटा विद्यालय मिरिक थर्बु उच्चतर माध्यमिक विद्यालय र रवीन्द्रनाथ उच्चतर माध्यमिक विद्यालय अनि कालेबुङ जिल्लाबाट कुमुदिनी होम्स- ले राज्यको अन्य जिल्लाको विद्यालयहरुसित पाइप ब्याण्ड प्रतियोगितामा सहभागिता जनाएको थियो। पहाडको तीनैवटा विद्यालयले असल प्रदर्शन गरे वापत् अब आगामी २६ जनवरी २०२३ को दिन नयाँ दिल्लीको राष्ट्रिय वार मेमोरियलमा प्रदर्शन गर्ने मौका पाएको छ। ब्याण्ड मास्टर निर्मल सिंगरले यसबारे जानकारी गराउँदै हर्ष व्यक्त गरे आगामी २६ जनवरीमा नयाँ दिल्ली प्रस्थान गर्न अघि यही दिसम्बर महीनामा १५ दिनको प्रशिक्षण कलकत्ताको सल्टलेकमा दिइने जानकारी पनि शिक्षक निर्मल सिंगरले दिएका छन्। यसरी आफ्नो विद्यालय सहित सम्पूर्ण पहाड कै नाम उच्च राखे वापत् विद्यालयमा ब्याण्ड मास्टर निर्मल सिंगर, प्रतिनिधि शिक्षक ठिदेन तामाङ अनि पाइप ब्याण्डका सबै प्रतियोगी विद्यार्थीहरुलाई शुभकामना व्यक्त गर्दै खादा लगाइदिएर अभिनन्दन जनाइयो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement