मुण्डा कोठी चिया बगान आजदेखि पुन खोलियो

IMG_20221128_131535.jpg

साेनादा: आजदेखि मुण्डाकोठि चियाबगान खोलिएको छ। गत केही महिनादेखि अचल रहेको मुण्डाकोठी चियाबगानमा आज नयाँ कम्पनी ‘लेमन ग्रास’ ले पूजा अर्चना गरेर नयाँ प्रकारले व्यवस्थित गरी खोलिएको छ। मुण्डाकोठी चियाबारी खोलिएको समय क्षेत्रीय सभासद एंव जीटीएको भाइस चेयरम्यान राजेस चौहान उपस्थित रहेका थिए। गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका प्रमुख कार्यपाल एंव भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका केन्द्रीय अध्यक्ष अनित थापाको पहलमा मुण्डाकोठी बगान सुचारु भएको भन्दै स्थानीयहरू र बगानवासीले हार्दिक कृतज्ञता प्रकट गरेका छन। क्षेत्रीय सभासद एवं गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका डेपुटी चेयरम्यान राजेश चौहानले आज मुण्डाकोठी चियाबगानको कारखाना परिसरमा आजदेखि मुण्डाकोठी चिया बगानको समस्या समाधान भयो भन्दै रङ्गमुक सिडर्स चिया बगानको पनि समस्यालाई चाढ़ै समाधान गर्नको निम्ति जीटीएको प्रमुख कार्यपाल अनित थापा अनि टिम लागिपरेको जनाएका छन्।

मुण्डाकोठी चियाबारी खोलिएको विषयमा पत्रकारहरूसित कुराकानी गर्दै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको शाखाको पक्षबाट बिजय राईले मुण्डाकोठी चियाबारी खोलिएकोमा जीटीएको चिफ् एक्जीक्युटिभ अनित थापा, जीटीएको डेपुटी चेयरम्यान राजेस चौहान, हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनको केन्द्रीय पदाधिकारीहरू सबैलाई आभार प्रकट गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement