टिंगलिंगमा च्याम्पियन्स कपः निर्वाना एफसी र समलबुंग विजयी

photocollage_2022112812545889.jpg

२८ नोभेम्बरः नमुना परिवार, टिंगलिंग चियाबारीको तत्त्वावधानमा आयोजित च्याम्पियन्स कप खुल्ला नगद राशि नक्आउट फूटबल टुर्नामेण्टमा आइतवार दोस्रो राउण्डको दुईवटा म्याच खेलियो। स्थानीय गढ़ी खेल मैदानमा भएको म्याचमा निर्वाना एफसी-ले सिलगढ़ीको परिमलनगर स्पोर्टिंग क्लबलाई १-०-ले पराजित गऱ्यो। विजेता टीमबाट प्रियांशु राणाले ३१औं मिनटमा गोल गरे। यसरी नै दोस्रो म्याचमा समलबुंग (नेपाल)-ले मिरिक युनाइटेडलाई टाईब्रेकरमा ४-३-ले पराजित गऱ्यो। नियमित समयको खेलमा स्कोर १-१-को बराबरीमा रहेको थियो। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ८० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक नमुना परिवार टिङलिङको पक्षमा बिपेन थापाले जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement