लंकूमा हुने इन्द्र बहादुर राई स्मृति कप २०२२-को क्रीड़ासूची जारी

IMG-20221128-WA0152.jpg

२८ नोभेम्बरः लंकू प्रगतिशील युथ क्लब (लंकू भेल्ली, सिटोंग ३)-को तत्त्वावधानमा आउँदो ३ दिसम्बरदेखि आयोजन गरिने इन्द्र बहादुर राई स्मृति कप २०२२ फूटबल टुर्नामेण्टको क्रीड़ासूची जारी गरियो। यस सिक्स ए साइड टुर्नामेण्टमा जम्मा ३२ वटा टीमले हिस्सा लिनेछन्। पहिलो दिन दुईवटा म्याच खेलिनेछ। दुईवटा सेमिफाइनल २८ र २९ दिसम्बरमा हुनेछ। यसरी नै फाइनल ३१ दिसम्बरमा खेलिनेछ। यस टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement