फीफा वर्ल्ड कपः क्रोएशिया र मोरक्को विजयी

photocollage_20221128124958300.jpg

२८ नोभेम्बरः फीफा वर्ल्ड कपमा क्रोएशियाले असाधारण पुनरागमन गर्दै कनाडा विरुद्ध ४-१-ले जीत हासिल गऱ्यो। आइतवार खलिफा इण्टरनेशनल स्टेडियममा खेलिएको ग्रुप एफ-को यस म्याचमा कनाडालाई अल्फोन्सो डेविसले दोस्रो मिनटमै बढ़त दिलाए। यसरी शुरुमै गोल खाएपछि चार साल अघि उपविजेता रहने क्रोएशियाले असाधारण पुनरागमन गर्दै म्याच जित्यो। एन्द्रेज क्रामारिचले ३६औं र ७०औं मिनटमा २ गोल गरे। यसबाहेक मार्को लिवाजाले ४४औं र लोवरो माजेरले स्टपेज टाइमको चौथो मिनटमा गोल गरे। यस जीतपछि क्रोएशिया गोल अन्तरको आधारमा ४ पोइण्टको साथ ग्रुपको शीर्ष स्थानमा पुग्यो।
यसरी नै अन्य एउटा म्याचमा मोरक्कोले शक्तिशाली बेल्जियमलाई २-०-ले उलटफेरको शिकार बनायो। फीफा वर्ल्ड कपमा यो मोरक्कोको २४ सालपछि पहिलो जीत हो। अल थुमामा स्टेडियममा खेलिएको ग्रुप एफ-को यस म्याचमा केवल ३३ प्रतिशत पोजेशनको साथ खेल्ने मोरक्कोबाट रोमेन साइसले ७३औं अनि जकारिया अबोखलालले स्टपेज टाइमको दोस्रो मिनटमा गोल गरे। ईडन हाजार्ड र केविन डे ब्रूएन जस्ता अनुभवी खेलाड़ीहरू लिएर आक्रमणमा ओर्लिए पनि बेल्जियमले म्याचमा गोल गर्न सकेन। यस हारपछि बेल्जियम ३ पोइण्टको साथ तेस्रो स्थानमा रहन पुग्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement