फीफा वर्ल्ड कपः स्पेन विरुद्ध ड्र गरेर नक्आउट राउण्डको रेसमा कायम रह्यो जर्मनी

IMG_20221128_124753.jpg

२८ नोभेम्बरः फीफा वर्ल्ड कपमा स्पेन र जर्मनीबीच खेलिएको महत्त्वपूर्ण म्याच १-१-ले ड्र रह्यो। आइतवार अबेर राति खेलिएको ग्रुप ई-को यो म्याच ड्र रहनको साथै स्पेन २ वटा म्याचमा ४ पोइण्टको साथ शीर्ष स्थानमा पुग्यो जबकि जापान ३ पोइण्टको साथ गोल अन्तरको आधारमा दोस्रो स्थानमा रहेको छ। यसबीच शक्तिशाली जर्मनी चाहिँ केवल १ पोइण्ट लिएर फेदमा रहन पुगेको छ। फीफा वर्ल्ड कपको इतिहासमा जर्मनीले यसपाली पहिलोपल्ट ग्रुप चरणमा आफ्नो पहिलो दुईवटा म्याचमा एउटा पनि जित्न सकेन। अल बायेत स्टेडियममा खेलिएको यस म्याचमा शुरुदेखि नै स्पेनले जर्मनीमाथि दबाउ सृष्टि गऱ्यो। दुई टीमबीच रोचक लड़ाइँ भए पनि पहिलो हाफमा गोल हुन सकेन। मध्यान्तरपछि चाहिँ स्पेनको शुरुमै गोल हासिल गऱ्यो। अनुभवी फरवर्ड अल्भारो मोराटाले ६२औं मिनटमा गोल गरी स्पेनलाई बढ़त दिलाए। गोल खाएपछि जर्मनीको टीमलाई दबाउमा देखियो कारण स्पेन विरुद्ध पराजित भए टीमको नक्आउट स्टेजमा पुग्ने सपना चकनाचूर हुने थियो।

म्याचको अन्ततिर जर्मनीले सम्मान बचाउने गोल हासिल गऱ्यो। निकलास फुलक्रुगले ८३औं मिनटमा गोल गरी स्कोर १-१-को बराबरीमा पुऱ्याउनको साथै जर्मनीको आशालाई जीवित राखे। यसरी म्याच ड्र भएपछि जर्मनी नक्आउट राउण्डमा पुग्ने रेसमा कायम रह्यो। यसअघि जर्मनी आफ्नो पहिलो म्याचमा जापान विरुद्ध २-१-ले पराजित भएको थियो। जर्मनीको अन्तिम म्याच कोस्टा रिका विरुद्ध रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement