सिक्किम प्रीमियर लीग आउँदो साल जनवरीदेखि शुरु हुने

IMG-20221128-WA0124.jpg

२८ नोभेम्बरः सिक्किमेली फूटबलमा क्रान्तिकारी आयोजन गर्ने जमर्को कसेको छ फूटबल डेभलपमेण्ट प्राइभेट लिमिटेड (एफडीपीएल)-ले। राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा आफ्नो छाप छोड़िसकेका वर्तमान अनि पूर्व फूटबलरहरूको प्रयासमा राज्यमा सिक्किम प्रीमियर लीग फूटबल (एसपीएल) प्रतियोगिता आउँदो साल जनवरीदेखि आयोजन गरिनेछ।

यस विषयमा फूटबल डेभलपमेण्ट प्राइभेट लिमिटेड-का बोर्ड अव् डिरेक्टर्सले सिक्किमका मुख्यमन्त्री पीएस गोलेसँग आइतवार भेट गरे। यस अवसरमा मुख्यमन्त्रीले सिक्किम प्रीमियर लीगको लोगो-को साथमा अफिसियल म्याच बल र टी शर्टको पनि अनावरण गरे। सिक्किम सरकारको सहयोग अनि टिस्टा ऊर्जा लिमिटेडसँग साझेदारीमा हुने फ्रेञ्चाइजी आधारित यस लीगमा ६ वटा जिल्लाका ८ वटा टीमले हिस्सा लिनेछन्। म्याचहरू दुईवटा स्थान (गान्तोक र नाम्ची)-मा हुनेछ।

एफडीपीएल-को बोर्ड अव् डिरेक्टर्समा निर्मल छेत्री, सञ्जु प्रधान, विकास जैरु, रबिन गुरुङ र निम छिरिंग लेप्चा रहेका छन्। सिक्किम प्रीमियर लीग (एसपीएल)-बारे आयोजकहरूले चाँड़ै प्रेस मीट गरी विस्तृत जानकारी दिने एफडीपीएल-को पक्षमा निर्मल छेत्रीले बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement