जलपाइगढी: गरिब परिवारमा हुर्केका डा. निरञ्जन हल्दारले जाडोको रातको कठिनाइलाई नजिकबाट अनुभव गरेको थियो। निरञ्जन हलदार जलपाइगढी सरकारी अस्पतालमा छाला विशेषज्ञको रूपमा लगभग ३२ वर्षदेखि कार्यरत छन्। आफ्नो गरिबीका दिनको पीडालाई सम्झँदै तिनले प्रत्येक वर्ष जाडो मौसममा गरिब र खाँचोमा परेकाहरूलाई कम्बल वितरण गर्छन्। यस वर्ष पनि जाडो सुरु हुने बित्तिकै जनतालाई कम्बल बाँडेर सडकमा हिँडिरहेका छन्। जलपाइगढी सहरका विभिन्न इलाकामा मध्यरातमा टोटोसँग कम्बल बाँडिरहेको देखियो। यो पुण्य कार्यको बारेमा तिनले भने, ‘चिसोबाट बच्न गरिबलाई कम्बल वितरण गर्ने गर्छु। जाडोको लुगा मात्रै होइन दुर्गा पूजाअघि तिनले गरिब बालबालिका र किशोरकिशोरीलाई नयाँ पुजाका लुगा दिन्छ । तिनको यो पहललाई धेरैले प्रशंसा गरेका छन्।









