विभिन्न योजनाहरुमाथि पशुपालन विभागको समीक्षा बैठक सम्पन्न

IMG-20221127-WA0233.jpg

गान्तोक: सिक्किम सरकारको पशुपालन, मत्स्यपालन एवं पशुसेवा विभागको समीक्षा बैठकले विभिन्न योजनाहरू र नागरिक केन्द्रित पशु चिकित्सक सेवाहरूको प्रभावकारी कार्यान्वयनको लागि निर्देशन गरेको छ। बैठक कृषि भवनको सम्मेलन हलमा विभागीय सचिव डा. पी. सेन्थिल कुमारको अध्यक्षतामा सम्पन्न भएको हो। विभागीय प्रधान निर्देशक डा बीएम छेत्रीले बैठक कार्यक्रमबारे जानकारी गराए। यसअवसरमा विभागीय निर्देशकहरू, सहायक निर्देशक, मत्स्यपालन लेखा अधिकारीहरू, पशुपालन अधिकारीहरू र विभागका अन्य अधिकारीहरू सहित योजना इन्चार्ज र सबै जिल्लाका विभागीय जिल्ला प्रमुखहरू सहभागी थिए। विभागका विभिन्न खण्डमा भएका प्रगतिकाबारेमा छलङ्गल गर्न बैठक बोलाइएको थियो। सबै जिल्ला प्रमुखहरूले प्रगति र समस्याहरूबारे प्रकाश पारे र छलङ्गल गरियो। बैठकमा जिल्लागत योजनाबारे प्रस्तुतीकरण गरिएको थियो। यसको कार्यान्वयनका विषयमा छलङ्गल भएको र विभागको कार्यसम्पादन सुधारका उपायबारे छलङ्गल गरी कार्यान्वयनका लागि बैठकमा निर्णय गरिएको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *