सिक्किम राज्यका पॉंच स्कूलको ४९औं राष्ट्रिय विज्ञान प्रदर्शनीमा सहभागिता

IMG-20221127-WA0235.jpg

गान्तोक: सिक्किमका विद्यार्थीहरूले राष्ट्रिय विज्ञान प्रदर्शनी २०२२ सहभागिता लिए। यो ४९औँ राष्ट्रिय बाल विज्ञान प्रदर्शनी थियो। शंकरदेव कलशेत्र, गुवाहाटी असममा आयोजित कार्यक्रममा भारतका विभिन्न विद्यालयहरूले आफ्नो राज्यको प्रतिनिधित्व गरेका थिए। प्रदर्शनीका लागि सिक्किमबाट ५ विद्यालय छनौट गरिएको थियो। राष्ट्रिय स्तरका लागि छनौट भएका विद्यालयहरु माछोङ सिनियर सेकेण्डरी स्कूल, खर्पू सिनियर सेकण्डरी स्कूल. रुम्तेक सिनियर सेकण्डरी स्कूल. मंगन सिनियर सेकण्डरी स्कूल स्वयम स्कूलका विद्यार्थीहरुले आफ्नो विभिन्न विषयका मोडल प्रस्तुत गरेका थिए। असमको एनसीअआरटी नयॉं दिल्लीको सहयोगमा सम्पन्न प्रदर्शनीमा असमका राज्यपाल जगदीश मुखी र असमका शिक्षा मन्त्री रानोज पेगु र उच्च अधिकारीहरुको उपस्थिति रहेको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *