सिक्किम पुलिसले पालन गऱ्यो १२६औं स्थापना दिवस भव्यरूपमा पालन

IMG-20221127-WA0232.jpg

गान्तोक। सिक्किम पुलिसको १२६औं स्थापना दिवस र १२५ वर्षको समर्पित सेवाको स्मरण गर्न र सिक्किम पुलिसद्वारा उदाहरणका रूपमा सार्वजनिक सेवाप्रति प्रतिबद्धतालाई सम्मान गर्न आज पाल्जोर स्टेडियममा भव्य कार्यक्रम आयोजना गरिएको थियो। मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथि रहेको कार्यक्रममा दिनभरिको विविध रोचक कार्यक्रम हेर्न धेरै सङ्ख्यामा सर्वसाधरणको उपस्थिति रहेको थियो।
भव्य स्वागत र गार्ड अफ अनर पछि, मुख्यमन्त्री गोलेले राष्ट्रिय सलामी ग्रहण गरे र सिक्किम पुलिसको १२६औं स्थापना दिवस परेडको निरीक्षण गरे। परेडमा आठ प्लाटुन, एक बाइकर्स प्लाटुन साथै सिक्किम पुलिस पाइप ब्यान्ड र ब्रास ब्यान्ड थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री गोलेले सिक्किम पुलिसको स्थापनाको १२५ वर्ष पूरा गरेकोमा सिक्किमको सम्पूर्ण पुलिस विभागलाई हार्दिक बधाई दिए। उनले राज्यमा कानून र व्यवस्था कायम राख्न र सिक्किमको सुरक्षालाई अक्षुण्ण राख्न सिक्किम पुलिसको भूमिकाको प्रशंसा गरे। यसरी नै उनले सिक्किम पुलिसले गरेका प्रयासहरूको प्रशंसा पनि गरे। सिक्किम पुलिसको स्थापना वर्ष १८९७ मा पूर्व सिक्किमको आरिटारमा भएको थियो जसमा एक हेड कन्स्टेबल र अन्य पाँच कन्स्टेबलहरू थिए। अहिले राज्यमा ७ हजारभन्दा अधिक पुलिस कर्मचारीहरू छन्। मुख्यमन्त्री गोलेले समय परिवर्तनसँगै प्रहरी विभाग कसरी परिमार्जन गर्दै आएको र अहिले प्रधान कार्यालय, अपराध शाखा, रिजर्भ लाइन्स, सञ्चार, गुप्तचर, तालिम, होमगार्डलगायत विभिन्न शाखामा कार्यरत सात हजारभन्दा बढी कर्मचारीको फौज बनेको स्मरण गराए।

कार्यक्रममा सिक्किम पुलिसले उत्कृष्ट सेवा पुऱ्याउने चारजना पुलिस अधिकारीलाई सम्मान जनायो जसमा ब्याण्ड मास्टर एएसआइ पूर्ण कुमार सुब्बा, हेड कन्सटेबल निमतोक लेप्चा, पीआइ निर्मल राई र पीआइ दावा ल्हामु पाख्रिन रहेका छन्।
आजको कार्यक्रममा लोकसभा सांसद, मन्त्रीगण, विधायकगण, विभिन्न विभागका शीर्ष अधिकारीहरू साथै अन्यको बाक्लो उपस्थिति रहेको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *