६४ आर्टिलेरी टारापाटा च्याम्पियन

IMG-20221127-WA0228.jpg

२७ नोभेम्बरः मंगरटोला (निरपानी)-को तत्त्वावधानमा आयोजित खुल्ला नक्आउट फूटबल टुर्नामेण्टमा ६४ आर्टिलेरी टारापाटा (सिमलबारी) च्याम्पियन भयो। गोमा राई स्मृति विनर्स, चन्द्र बहादुर मंगर स्मृति रनरअप् अनि हर्क माया मुखिया स्मृति फेयर प्ले ट्रफी रहेको यस टुर्नामेण्टअन्तर्गत मगरटोला ग्राउण्डमा आइतवार खेलिएको फाइनल म्याचमा ६४ आर्टिलेरी टारापाटाले सिलगढ़ीको मारामार एफसी-लाई २-१-ले पराजित गऱ्यो। विजेता टीमबाट विक्रम राणा मंगर र शान्ता गुरुङले गोल गरे। यसरी नै मारामार एफसी-बाट करण राईले गोल गरे। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरियो। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरियो। आज फाइनलमा अतिथिको रूपमा समाजसेवी बिन्नी शर्मा र सभासद (जीटीए) परेश तिर्कीको साथमा अन्यान्य गण्यमान्य व्यक्तिहरूका उपस्थिति रहेको थियो।

व्यक्तिगत पुरस्कारहरू
फेयर प्लेः हर्क एफसी
प्लेयर अव् द म्याचः विक्रम राणा मंगर (च्याम्पियन)
प्लेयर अव् द म्याचः करण राई (मारामार एफसी), सर्वसम्मत फसेलामा
बेस्ट गोलकीपरः शमशेर सिंह ठाकुरी (च्याम्पियन)
हाईएस्ट स्कोररः विक्रम राणा मंगर (च्याम्पियन)
प्लेयर अव् द टुर्नामेण्टः शान्ता गुरुङ (च्याम्पियन)
थर्ड प्लेसः भुट्टाबारी एफसी

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *