लाब्दामा ओपन नक्आउट फूटबल टुर्नामेण्ट शुरुः लाब्दा ग्रीन विजयी

IMG_20221127_215957.jpg

२७ नोभेम्बरः राइजिंग युथ क्लब, लाब्दा (मंगपू)-को आयोजनमा ओपन नक्आउट फूटबल टुर्नामेण्ट २०२२ आइतवारदेखि शुरु भयो। ग्राम सेवक प्राइमरी स्कूल खेल मैदान (लाब्दा, मंगपू)-मा आज भएको उद्घाटन म्याचमा लाब्दा ग्रीनले जीकेजीवाईसी गेललाई ४-१-ले पराजित गऱ्यो। आज मुख्य अतिथिको रूपमा उपस्थित जीटीए दार्जीलिङ जिल्ला पीआरओ विज्ञान मिश्रले टुर्नामेण्टको उद्घाटन गरे। टुर्नामेण्टमा जम्मा ३६ वटा टीमले हिस्सा लिएको छ। दुईवटा सेमिफाइनल २६ र २७ दिसम्बरमा हुनेछ। यसरी नै फाइनल ३१ दिसम्बरमा खेलिनेछ।

यस सिक्स ए साइड फूटबल टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *