सिलगढी नगरनिगम वार्ड नम्बर ४१ काउन्सिलर श्रीमती सेविका मित्तल सामाजिक सेवाको अभियानमा सक्रिय

00-IMG_20221127_170341

सिलगढी: यसै त यस क्षेत्रमा धेरै काउन्सिलर आए गए यतिका वर्षसम्म वार्डका जनताको समस्या के छ? बुझ्ने खोजी गर्ने अनि दैलो दैलोमा गएर आफ्नो उपस्थिति दिएर सक्दो सहयोग गर्ने कुनै काउन्सिलरले कोशिश गरेनन्l यस्तो काम श्रीमती सेविका मित्तलले खुबी सहजताका साथ गर्दै आइरहेकी छिन्। विशेष राजनैतिक क्षेत्रबाट आएकी भए पनि राजनैतिक दृष्टि कम समाजिक दृष्टि धेर भएकी मित्तल आफ्ना सहयोगीहरू थुप्रै राखेर उनीहरू माथि भर नपरेर सानो भन्दा सानो काम र ठूलो भन्दा ठूलो काम आफै गर्दछिन्। उनको आफ्नै सामाजिक संस्थाको माध्यमबाट पनि क्षेत्रवासीहरूको सेवामूलक काम लगातार गरिरहेकी छिन्l

एउटी जिम्मेदार काउन्सिलरको नाताले आइतबार बिहानै ७ बजे मैला जम्मा गर्ने बाल्टी घर घरमा वितरण गर्न हिडेकी देख्न पाइयो। साथमा उनका सहयोगीको रूपमा उनकी बहिनी, अभिषेक सिंह, बिरजु विश्वकर्मा थिए। मृदुभाषी, सरल स्वभाव साथै मानवता हृदय भएकी श्रीमती सेविका मित्तललाई क्षेत्रका नब्बे प्रतिशत जनताले रूचाएका छन्। सम्मानको दृष्टिले हेर्छन्, यस्तै सेवा जनताले पाइरहलान् अनि अन्य समस्याहरू पनि उनको नेतृत्वमा समाधान होला भन्ने आशा जागेको छ भनि ४१ वार्डका वरिष्ठ व्यक्ति समाजसेवी बी.बी. विश्वकर्माले बताएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *