दीपक गजमेर स्मृति भेटरन फूटबलः सोनादा भेटरन्स क्वार्टर फाइनलमा

IMG_20221127_214119.jpg

२७ नोभेम्बरः घूम जोरबंग्लो भेटरन्सको तत्त्वावधानमा आयोजित दीपक गजमेर स्मृति भेटरन (४० वर्षभन्दा माथि) फूटबल टुर्नामेण्टमा सोनादा भेटरन्सले क्वार्टर फाइनलमामा स्थान बनायो। स्थानीय घूम बोइज हायर सेकेण्डरी स्कूल खेल मैदानमा आइतवार भएको म्याचमा सोनादा भेटरन्सले जोंग्री भेटरन्स (सिक्किम)-लाई ८-१-ले पराजित गऱ्यो। यस भेटरन्स टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ८० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनर अप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ४० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टको फाइनल २५ दिसम्बरमा खेलिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement