सिलगढ़ी प्रीमियर लीगः जीतको ह्याट्रिक पूरा गऱ्यो वाईएमए-ले

IMG-20221127-WA0218.jpg

२७ नोभेम्बरः सिलगढ़ी महकुमा क्रीड़ा परिषद (एसएमकेपी)-को तत्त्वावधानमा आयोजित सिलगढ़ी प्रीमियर लीग कम् नक्आउट फूटबल टुर्नामेण्टमा गत सीजनको विजेता यंग मेन्स एसोसिएशन (वाईएमए)-ले जीतको ह्याट्रिक पूरा गऱ्यो। कञ्चनजंघा स्टेडियममा आइतवार भएको म्याचमा वाईएमए-ले सिलगढ़ी बान्धव संघलाई २-१-ले पराजित गऱ्यो। विजेता टीमबाट लेण्डुप भूटियाले ४२औं र स्टपेज टाइमको दोस्रो मिनटमा २ गोल गरे। यसरी नै सिलगढ़ी बान्धव संघबाट विशाल हरिजनले 65औं मिनटमा १ गोल गरे। विजेता टीमका मीडफिल्डर आदर्श तामाङलाई प्लेयर अव् द म्याच चयन गरियो। अब सोमवार खेलिने म्याचमा महानन्दा स्पोर्टिंग क्लब र विधान स्पोर्टिंग क्लबबीच भिड़न्त हुनेछ। यस टुर्नामेण्टको निम्ति १० वटा टीमलाई स्थान दिइएको छ। टुर्नामेण्टका दुईवटा सेमिफाइनल ८ र ९ दिसम्बरमा खेलिनेछ। रेलिगेशन म्याच १० दिसम्बरमा खेलिनेछ। यसरी नै फाइनल ११ दिसम्बरमा हुनेछ। फाइनल म्याच ५ बजीदेखि कृत्रिम प्रकाशमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई पीसी मित्तल मेमोरियल च्याम्पियन ट्रफीको साथमा ७५ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनर अप् हुने टीमलाई सुलोचना देवी अग्रवाल मेमोरियल रनर अप् ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *