एसकेएम सरकारले सिक्किमको अर्थतन्त्रलाई पूर्ण रूपमा ध्वस्त बनाएको छ: पवन चामलिङ

photocollage_202271623223254.jpg

गान्तोक। पूर्व मुख्यमन्त्री तथा एसडीएफ अध्यक्ष पवन चामलिङले एसकेएम सरकारमाथि सिक्किमको अर्थतन्त्रलाई पूर्ण रूपमा ध्वस्त बनाएको, राज्यको बजेट गैर-सिक्किमे व्यापारी र कम्पनीहरूद्वारा सञ्चालित निजी परियोजनाहरूमा डाइभर्ट गरिएको पनि आरोप लगाएका छन्। उनले जोरथाङको सिंचाई कार्यालयमा टेण्डरलाई लिएर भएको झगड़ा विषय प्रतिक्रिया गर्दै यस्तो प्रतिक्रिया गरेका छन्।

पूर्व मुख्यमन्त्री चामलिङले जोरथाङको सिंचाई विभागमा टेण्डरलाई लिएर भएको झगड़ा अन्तिम भने नरहेको बताएका छन्। उनले राज्यका मुख्यमन्त्रीमाथि युवाहरूलाई केही हजार रूपियॉंमा भुल्याएर राज्यको विकासको निम्ति आएको बजेट हजम गरेको आरोप लगाएका छन्। उनले राज्यका मानिसहरूलाई उनीमाथि निर्भर रहनुपर्ने स्थिति सिर्जना गरेको र जनताको सरकारलाई अपहरण गरेको पनि आरोप लगाएका छन्।

चामलिङले भनेका छन्, ‘जनताका हक र सुविधाहरू खोसिएका छन्। कुनै पनि प्रकारको सहयोगको निम्ति सबै उनको पार्टीमा आत्मसमर्पण गर्नुपर्छ। उनले एक हातले सरकारी सम्पत्ति र जनताको सम्पत्ति लुटिरहेका छन् भने अर्को हातले चोरेको सम्पत्तिको थोरै अंश आफ्नो व्यक्तिगत सम्पत्ति मानेर जनतामा फालिरहेका छन्। यो सिक्किमको दुखद अवस्था हो।’

यस अतिरिक्त उनले राजधानीको वेस्ट पोइन्ट स्कूल परिसरमा पॉंच तारे होटल, पुरानो एसटीएनएम अस्पतालमा शपिङ मल, च्याखुङमा निजी विश्वविद्यालय, कारफेक्टारमा क्यान्सर अस्पताल निर्माण आदि जस्ता निजी परियोजनाहरूमा करोड़ौ रूपियॉं आवण्टित गरेको बताएका छन्। उनले यी गैर-सिक्किमे व्यापारीहरू र कम्पनीहरूको मुख्यमन्त्री र उनका सहयोगीहरूसॅंग साठगॉंठ रहेको आरोप लगाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement