सोरेंग ओपन नक्आउट फूटबलः ग्लेनबर्न र युनाइटेड ब्रदर्स मानेभञ्ज्यांग प्री-क्वार्टर फाइनलमा

IMG_20221127_204141.jpg

२७ नोभेम्बरः नव शान्ति युवा संघ, सोरेंगको तत्त्वावधानमा आयोजित सोरेंग ओपन नक्आउट फूटबल टुर्नामेण्टमा आइतवार दुईवटा म्याच खेलियो। सोरेंग फूटबल ग्राउण्डमा भएको पहिलो म्याचमा ग्लेनबर्नले तीनचुले युथ क्लबलाई ३-१-ले पराजित गऱ्यो। विजेता टीमहाट सुजन लामा, उज्जल तामाङ र राउलिन लामाले १-१ गोल गरे। यसरी नै तीनचुलेको टीमबाट अदित्य तामाङले गोल गरे। यसरी नै दोस्रो म्याचमा युनाइटेड ब्रदर्स मानेभञ्ज्यांगले ब्ल्याक पेन्थर सामसिंगलाई ३-०-ले पराजित गऱ्यो। विजेता टीमबाट अभिम खड़काले २ अनि टीका मंगरले १ गोल गरे। टुर्नामेण्टका दुईवटा सेमिफाइनल आउँदो वर्ष २१ र २२ जनवरीमा हुनेछ। यसरी नै फाइनल २६ जनवरीमा खेलिनेछ। सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement