सिलगढी : सिलगढीको महानन्दा नदीलाई बचाउने उद्देश्य लिएर केही अभियान चलाइरहेको छ। तर पनि अहिलेसम्म कुनै अभियान सफल भएको छैन। यसैले महानन्दा नदीलाई बचाउनको लागि महालयदेखि एउटा नयाँ प्रण लिएको छ। जस अनुसार केही संगठनहरू मिलेर महानन्दा बचाऊ अभियान अन्तर्गत गंगा आरती झैँ महानन्दा आरतीको आजोयना शुरू गरिएको छ। महानन्दा बचाऊ अभियान अन्तर्गत प्रत्येक महीनाको अन्तिम आइतबार महानन्दा नदी किनारमा भव्य आरतीको आयोजना गरिने भएको छ। यसै क्रममा आज पनि महानन्दा नदीको किनारमा महानन्दा आरतीको आयोजना गरियो। यस अवधि महानन्दा नदी किनारको माहौल भक्तिमय भयो। आयोजकर्ताले बताएअनुसार महानन्दा नदीलाई बचाउनको लागि लगातार आरतीको आयोजना गरिनेछ। यदि आवश्यक परेको खण्डमा आगामी दिनमा महानन्दा आरती प्रत्येक सप्ताह आयोजना गरिनेछ।









