२७ नोभेम्बरः माझीधुरा परमेण्ट युनाइटेड फूटबल क्लब (सुकिया पोखरी, दार्जीलिङ)-को तत्त्वावधानमा आयोजित ओपन फूटबल टुर्नामेण्टमा स्वतन्त्रता सेनानी गागा छिरिंग डुक्पा डिग्री कलेज (सुकिया पोखरी) च्याम्पियन भयो। माझीधुरा खेल मैदानमा आइतवार भएको फाइनलमा स्वतन्त्रता सेनानी गागा छिरिंग डुक्पा डिग्री कलेजले चुंगथुंग युनाइटेडलाई ४-२-ले पराजित गऱ्यो। विजेता टीमबाट सिद्धुले २ गोल गरे। यसबाहेक निकेश र पेम्बा तामाङले १-१ गोल गरे। यसरी नै चुंगथुंग युनाइटेडबाट मेण्डेस र उज्जल दाहालले गोल गरे। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरियो। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरियो।

व्यक्तिगत पुरस्कारहरूः
हाईएस्ट स्कोररः मेण्डेस (चुंगथुंग युनाइटेड)
प्लेयर अव् द टुर्नामेण्टः पेम्बा तामाङ (स्वतन्त्रता सेनानी गागा छिरिंग डुक्पा डिग्री कलेज)
बेस्ट टीमः मानेभञ्ज्यांग बोइज
बेस्ट गोलकीपरः तरुण खेलकुद संघका गोलकीपर









