मार्तमस्थित सिरिजङ्गा माङहिममा समन्वय बैठक

IMG_20221127_200145.jpg

गेजिङ: हिज आगामी महात्मा त्योङ्गसी सिरिजङ्गा सावन येन समारोहलाई लिएर मार्तमस्थित सिरिजङ्गा माङहिममा समन्वय बैठक आयोजन गरियो। गेजिङ बर्मेक समष्टिका विधायक तथा मन्त्री लोकनाथ शर्माको अध्यक्षतामा आयोजित बैठकमा सल्लाहकारगण, अध्यक्षगण, जिल्ला पञ्चायतहरू, पञ्चायतहरू, जिल्ला प्रशासनका अधिकारीहरू आदि उपस्थित थिए।
समारोह समितिका प्रमुख संरक्षक पनि रहेका मन्त्री शर्माले त्योङ्गसी सिरिजङ्गाको महत्व र उनले साहित्य समाजको निम्ति दिएको योगदानमाथि प्रकाश पारे। कार्यक्रमको योजनाबारे बोल्दै उनले समारोहको सफल आयोजनको निम्ति सबै पक्षबाट सहकार्य र समर्थनको निम्ति आह्वान गरे।
बैठकमा समारोह समितिका अध्यक्ष एबी लिम्बूले माङहिमबारे जानकारी गराउॅंदै आगामी ८ दिसम्बरको दिन मुख्यमन्त्रीको उपस्थितिमा आयोजन गरिने प्रस्तावित कार्यक्रमबारे अवगत गराएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement