दार्जिलिङ: ५औं बटालियन एनसीसी ग्रुप हेड क्वार्टर दार्जीलिङको तत्वाधानमा बतासे शहीद पार्क परिसरमा एनसीसी स्थापना दिवस धूमधामसित पालन गरियो। कार्यक्रममा एनसीसी ग्रुप हेड क्वार्टर दार्जीलिङका ग्रुप कमाण्डर ब्रिगेडियर जयदिप यादय, भूतपूर्व ग्रुप कमाण्डर ब्रिगेडियर सन्जीप जरियाल, कर्नेल एएस बाली, एसएम, एडीएम कर्नेल एपी दिनेश, टीओ कर्नेल अरूण सलहोत्रा, एसएम धान सिंह, एएनओ लेफ्टिनेंट निर्मल सुब्बा, लेफ्टिनेंट ज्ञानश्री प्रधान, लेफ्टिनेंट चन्दन थापा, सी टीओ निशिर छेत्री, पीआई स्टाफहरू अनि अन्य अतिथिहरू उपस्थित थिए। उक्त कार्यक्रममा दार्जिलिङका विभिन्न विद्यालयहरू अनि महाविद्यालयका एनसीसी क्याडेडहरू उपस्थित रहेका थिए। शहीद वेदीमा माल्यार्पण गरेपछि शुरू गरिएको यस कार्यक्रममा ग्रुप कमाण्डर ब्रिगेडियर जयदिप यादवले क्याडेडहरू सम्बोधन पनि राखेका थिए। कार्यक्रममा नवनियुक्त ग्रुप कमाण्डर ब्रिगेडियर जयदिप यादवद्वारा विभिन्न क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्ने क्याडेडहरूलाई पुरस्कारद्वारा सम्मानित पनि गरेका थिए।









