अलीपुरद्वार: कालचिनि ब्लकको गारोपारा क्षेत्रमा आइतबार १०० परिवार भाजपा छोडेर सत्तारुढ तृणमूल कांग्रेसमा सामेल भए। आइतबार दिउँसो गरोपारा क्षेत्रमा बैठक आयोजना गरिएको थियो। यस बैठकमा गरोपारा क्षेत्रका १०० परिवार भाजपा छोडेर तृणमूलमा सामेल भएका थिए। ती सबैले तृणमूलको कल्चिनी ब्लक अध्यक्ष वीरेन्द्र बाराको हातमा तृणमूलको झण्डा बोकेका थिए।









