डुवर्सव्यापी सोनम ल्होछार जयगाउँमा पालन हुने

c672ede0-332b-4151-98bd-fc92c84d13b3

कालचिनी – आगामी जनवरी महीनाको माघ शुक्ल पक्ष अर्थात २२ जनवरीको दिनदेखि तामाङ नयाँ बर्ष सोनम ल्होछार शुरु हुने कुरालाई ध्यानमा राखेर आईताबार डुवर्स तामाङ बौद्ध संघको एउटा सभा जयगाउँ स्थित समाज कल्याण भवनमा सम्पन्न भयो। उक्त सभामा डुवर्स तामाङ बौद्ध संघको केन्दिय अध्यक्ष डीबी वाईबा, मूलसचिव कुमार गोले र संघको कालचिनी ब्लक सभापति असिम पाखरीन लगायत अन्य केन्द्रिय सदस्यहरूको उपस्थिति रहेको थियो।

जयगाउँका तामाङ प्रतिनिधि शंकर बल तामाङको सञ्चालनमा सम्पन्न सो सभामा यसपाली सम्पन्न हुने बिरालो बर्ष सोनम ल्होछारलाई संघको ब्यानरमा चौथो डुवर्सव्यापी रूपमा पालन गरिने बारेमा विस्तृत छलफल पश्चात अन्ततः जयगाउँले यसको दायित्व पालन गर्ने तय‌ भएपछि संघको केन्द्रिय कमिटीको हातबाट जयगाउँका प्रतिनिधिहरूलाई डुवर्सव्यापी सोनम ल्होछार आयोजना गर्ने जिम्मा दिँदै संघको झण्डा प्रदान गरिएको थियो।

डुवर्स तामाङ बौद्ध संघको पक्षबाट असिम पाखरीन र कुमार गोलेले यो बर्ष चौथो डुवर्सव्यापी सोनम ल्होछार सामुहिक रुपमा जयगाउँ गोपीमोहन मैदानमा गर्ने निधो भएको आज सम्पन्न सभाले निश्चित भएको र जयगाउँ एक र दुई अञ्चलका तामाङ प्रतिनिधिहरूले यस विषयमा अब आगामी दिनमा सभा गरेर यसको मिति तय गर्ने जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement