खरसाङ: भारतीय जनता पार्टीको तीनधारे महानदी समष्टि मण्डल कमिटी गठन गरिएको छ। उक्त मण्डल कमिटी गठनार्थ खरसाङमा सभा सम्पन्न भएको छ। उक्त सभामा भारतीय जनता पार्टीको दार्जिलिङ जिल्ला कार्यालय सचिव कृष्ण बराईली, युवा जिल्ला महासचिव बिनय प्रसाद, निरपराज रणपहेंली, खरसाङ विधान सभा समष्टीबाट योगेस प्रधान, मण्डल प्रभारी चन्दन प्रसाद उपस्थित रहेका थिए। यही सभामा नै भारतीय जनता पार्टीको तीनधारे महानदी समष्टि मण्डल कमिटी गठन गरिएको छ। उक्त तीनधारे महानदी समष्टि मण्डल कमिटीमा सभापतिके रूपमा उमेस प्रधान चयन गरिएका छन्। त्यसरी नै उप सभापतिमा सुस्मिता गजमेर र जितेन गजमेर, महासचिव मिलन रसाईली, सचिवमा रिकास मंगर र अरबिन्द तामाङ लगायत २० जनाको कार्यकारिणी सदस्यहरू चयन गरिएको जानकारी प्राप्त भएको छ।









