सिलगढी: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा टुगं सन्त मेरिज समष्टि अन्तर्गत दिलाराम चिया बगानमा आज उपस्वास्थ्य केन्द्रको भुमि पुजा कार्यक्रम सम्पन्न भयो। यस कार्यक्रममा टुगं सन्त मेरीज समष्टि युवा अध्यक्ष उर्गेन घिसिङ समष्टि सचिव दिपेश तामाङ समष्टि सल्लाहकार फुर्बा रूम्बा महकुमा प्रचार प्रसार सचिव बसन्त कुलुङ के.ई.डी. इन्जिनियर साथै परिवहन पर्यटन सभासद नुरी शेर्पाले उपस्थिति दिएका थिए। यस क्षेत्रमा उपस्वास्थ्य केन्द्र हुनु नै आज यस ग्रामवासीलाई धेरै खुशीको कुरा हो र यस्तै सुख सुविधालाई हामीबाट जे गर्न सक्छौँ धेरै नै कोशिस गर्ने सभासद नुरी शेर्पाले जनाएका छन् र यस्तै आवश्यक कार्यहरू अरू क्षेत्रमा पनि लगेर जाने बताएका छन्।









