प्रेम त्रिकोणको जिउँदो कथा, श्रीमानको शव छोडेर श्रीमती प्रेमीसँग फरार

IMG_20221127_175838.jpg

सिलगढी: दार्जिलिङ जिल्लाको सिलगढीमा त्रिकोणात्मक प्रेमको अनौठो कथा बाहिर आएको छ। श्रीमानको शव छोडेर श्रीमती भागिन्। सिलगढी डिभिजनको फुलबारी चिया बगानको खल लाइन क्षेत्रमा यो घटना सार्वजनिक भएपछि पूरै क्षेत्रमा हलचल मच्चिएको छ। मृतकको नाम शंकर बोइगा (२५) रहेको बताइएको छ। आइतबार बिहान शंकर बोइगाको शव घरभित्रै फेला परेको थियो, त्यसपछि प्रहरीलाई खबर गरिएको थियो। खबर पाएलगत्तै खोरीबारी प्रहरी घटनास्थल पुगेर शव बरामद गरेको थियो। मृतककी श्रीमतीको श्रीमान्का साथीसँग अवैध सम्बन्ध रहेको गाउँलेहरुले बताएका छन्। श्रीमतीले श्रीमानको हत्या गरी साथीसँग भागेको उनीहरुको आशंका छ। प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement