बाँदर

00-Monkey-1

बाँदरहरू नाचिरहेका छन् 

मन लागे पनि नाचेका छन्

मन नलागे पनि नाचेका छन्।

ग्रीष्म, वर्षा, शरद, हेमन्त, रीत अनि वसन्तमा पनि नाचेका छन्

मालिकले जस्तो भन्यो त्यसरी नै नाचेका छन् झरी, बादल, आँधी, बेहरी भनेका छैनन्

घाटा र नाफाको कुरो सोचेका छैनन्।

मालिकको लट्ठीको इसारामा नाचेका छन्

नाच्ता नाच्तै कोही मरेका छन्।

ननाच्ने बाँदर कोही छैनन्

सबैले बाँदरको त नाच्ने जात हो भनेका छन्

जसले जे भने पनि उनीहरूले सहेकै छन् 

भुँडीमा भोक छ र उनीहरू नाचेका छन् 

केही कर र प्रतिबद्धता छ र नाचेका छन् 

आगाको भुङ्ग्रामा नाच्न भने

बाँदर नाच्न थाल्यो 

उसले पैताला बजाएर नाच्यो 

एकदिन खुरका धारमा नाच्न भन्यो 

उसले खुट्टा बजाएर नाच्यो

अर्कोदिन आँखा बाँधिदियो मालिकले

ऊ राजी भयो

मालिकले नाच भन्यो 

बाँदरले नाचतिन भन्यो 

मालिकले किन नाच्दैनस् भन्यो 

पशु भए पनि मेरो एउटा मगज छ भन्यो।

                *****

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement